10 months ago
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत दुबईमा हुने पहिलो सेमिफाइनलमा भारतविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।
अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर ब्याटिङ रोज्ने क्रममा टोलीमा दुई परिवर्तन पनि गरेका छन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका म्याट सर्टको स्थानमा कुपर कोनोली टोलीमा आएका छन् । त्यस्तै तीव्र गतिका बलर स्पेन्सर जोन्सनको स्थानमा स्पिनर तनवीर संघा टोलीमा छन् ।
भारतले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । समूह चरणको सबै खेल जितेको भारतका लागि कप्तान रोहित शर्मा र शुभ्मन गिल नै शीर्ष क्रममा छन् । स्पिनरका लागि सहयोगी मानिने पिचमा अष्ट्रेलियाले पनि आज एक पार्ट टाइम र एक विशेषज्ञ स्पिनर थपेको हो ।
भारतको प्लेइङ ११:
रोहित शर्मा, शुभ्मन गिल, विराट कोहली, श्रेयस ऐर, अक्षर पटेल, केएल राहुल, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहमद शामी, कुलदिप यादव, वरुण चक्रवर्ती
अष्ट्रेलिया प्लेइङ ११:
कुपर कोनोली, ट्राभिस हेड, स्टिभ स्मिथ, मार्नस लाबूसेन, जोश इंग्लिस, एलेक्स क्यारी, ग्लेन म्याक्स्वेल, बेन ड्वारसिअस, नेथन एलिस, एडम जाम्पा, तनवीर संघा
दोस्रो सेमिफाइनल बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रीकाबीच हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]