default_image

9 months ago

March 9, 2025

ललितपुर स्पोर्टस अवार्ड हुने

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला खेलकुद विकास समितिकि आयोजनामा अर्को वर्ष स्पोर्टस अवार्ड हुने भएको छ।

अवार्ड कार्यक्रम २०८२ वैशाख २७ गते सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

२०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल ललितपुर जिल्लाका खेलाडीहरका लागि अवार्ड कार्यक्रम गर्न लागिएको हो । 

ललितपुर जिल्लाबाटै सहभागी भएका खेलाडीलाई प्रोत्साहन गर्न जिल्लाका खेलाडीहरुलाई मात्र अवार्ड कार्यक्रममा सहभागी गरिने र विभागीय खेलाडीलाई समावेश नगरिने आयोजकले जनाएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजकमा हुने ललितपुर स्पोर्टस अवार्डमा तीन विधा सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ । 

उनीहरुलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट महिला र पुरुष खेलाडी तथा प्रशिक्षकलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट तथा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकहरुलाई पाटन कृष्ण मन्दिर रहेको ट्रफी प्रदान गरिनेछ । छनोट समितिले महिला, पुरुष र प्रशिक्षक विधामा उत्कृष्ट ३ जनाको नाम सिफारिस गर्ने र त्यसबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रममा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.