9 months ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ।
दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ।
बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार गर्ने निर्णय गरेको छ।
साफलाई होम एन्ड अवेको आधारमा खेलाउने भनिएको धेरै भैसक्यो। तर साफले पुरानै सैलीलाई अगाडि बढाउने भएको छ।
साफका अध्यक्ष काजी मोहम्मद सलावदिनको अध्यक्षतामा भएको बैठकमा नेपालको तर्फबाट एन्फा महासचिव किरण राईले प्रतिनिधित्व गरेका थिए।

बैठकमा भुटान, श्रीलंका र माल्दिभ्सको पनि उपस्थिति रहेको थियो। भारत, पाकिस्तान र बंगलादेशका प्रतिनिधिले अनलाइन मार्फत बैठकमा सहभागिता जनाए।
यो निर्णयलाई साफ च्याम्पियनसीपको मार्केटिङ पार्टनर स्पोर्टस फाइभलाई जानकारी गराउनेछ। उसले बजारको स्थिति बुझेर पुन: यो विषयमा थप जानकारी उपलब्ध गराउने साफले जनाएको छ।
यो पटकको सिनियर पुरुष साफ च्याम्पियनसिप कहिले र कहाँ हुने अहिलेसम्म तय भएको छैन। गत संस्करणको साफ भारतमा आयोजना हुँदा घरेलु टोली च्याम्पियन बनेको थियो। महिला साफ च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना भएको थियो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]