9 months ago
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् ।
पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता खेल्न अष्ट्रेलिया आएका थिए । त्यसबेला उनले म्याग्दी जलजला परिवार अष्ट्रेलियाबाट खेलेका थिए ।
अब उनले सोही क्लबबाट नै अष्ट्रेलियामा नेपाली समुदयाले आयोजना गर्ने प्रतियोगिता खेल्नेछन् । त्यसयता उनी अष्ट्रेलियामै छन् । आफ्नो सुनिश्चित भविष्यका लागि राष्ट्रिय टोलीका अन्य सदस्यले जस्तै आँफुले पनि अष्ट्रेलिया रोजेको हेमन्त बताउँछन् ।

राष्ट्रिय टोलीका तत्कालिन कप्तान मान बहादुर श्रेष्ठसँगै विशाल बहादुर विक, टेकराज अवस्थी, राजेन्द्र विष्ट र दिल बहादुर सुनार पनि अष्ट्रेलियामै छन् ।
त्यस्तै महिला टोलीका सदस्य सरस्वती चौधरी र प्रतिभा माली पनि अष्ट्रेलियामा रहेका छन् । हेमन्तले घरेलु भलिबलमा विभागीय नेपाल एपीएफ क्लबबाट खेल्ने गर्दथे ।
बझाङका केदार स्युँ गाँउपालिका वडा नम्वर ४ सैन्सयुँ जन्मिएका २४ वर्षीय बायाँ हाते स्पाइकर हेमन्तले एपिएफमा करार र स्थायी गरी ७ वर्ष बिताएका थिए ।
जिल्ला हुँदै प्रदेशको टोलीमा स्थान बनाएपछि उनमा विभागीय नजर परेको थियो । उनले सुदुरपश्चिम प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद र मुख्यमन्त्री कप खेलेपछि प्रशिक्षक जगदिश प्रसाद भट्टको नजरमा परेको उनी बताउँछन् ।

हजुर आमाको बुलाकी बेचेर आँठौं राष्ट्रिय खेलकुद र जुनियर गेम खेल्न गएको घट्ना उनको मनमा अविष्मरणीय छ । त्यसपछि उनी एपिएफमा आबद्ध भएका थिए ।
घरेलु भलिबलमा एपिएफलाई च्याम्पियन बनाउन भूमिका खेलेका उनले दर्जन भन्दा बढी प्रतियोगितामा उत्कृष्ट सर्भरको उपाधि जितेका छन् ।
काठमाडौं बसाई एपिएफमा आबद्ध गराउन कृष्ण विक दाईको ठूलो हात रहेको हेमन्त बताउछन् । उनी विद्यालयको पहिलो भलिबल गुरु पदम राज अवस्थी र जिल्लासम्म लैजान सहयोग गर्ने शिक्षाप्रेमीलाई पनि बिर्सन चहादैनन् ।
हेमन्तको बुवा लाल बहादुर मल्ल पनि क्षेत्रीय खेलाडी भएकाले छोरालाई पनि भलिबल खेलाडी बनाउने लक्ष्यमा थियो । जम्पपछि ल्यान्डिङ गर्दा नेटमा खुट्टा अल्झिएर घाइते भएपछि खेल्न छाडेका उनले आफू त्यो स्तरबाट माथि जान नसकेपनि छोरालाई त्यो भन्दा माथि पुर्याउने सपना देखेको उनले सुनाए ।
एपिएफमा लगातार उच्च प्रदर्शन गरिरहेपछि उनले नेपालको उमेर समूह यु–२३सँगै सिनियर टोलीबाट पनि आफ्नो प्रभाव देखाइसकेका छन् । सन् २०२२ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु यु–२३ मेन्स सेन्ट्रल जोन इन्टरनेशनल भलिबल च्याम्पियनसिप खेलेका थिए ।
बायाँ हाते अपोजिट हिटर हेमन्तले सन् २०२३ जुन १८ मा किर्गिस्तानमा भएको काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत मंगोलियाविरुद्धको खेलबाट पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका थिए ।
हेमन्तले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गरेका हुन् । त्यसपछि उनले राष्ट्रिय टोलीबाट चीनको हाङ्जोमा भएको १९औं एसियाली खेलकुद (एसियन गेम्स) र श्रीलंकाको कोलोम्बोमा भएको काभा पुरुष भलिबल च्यालेन्ज कप खेलेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]