default_image

9 months ago

March 18, 2025

पुरुषोत्तमलाई‌ क्याण्डिडेड मास्टर टाइटल

732 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता  पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। 

आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।

वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेसनको आयोजनामा भएको एसियन जोनल ३.२ चेस प्रतियोगिता नेपालीले मध्यम स्तरको खेल पस्केका छन्। 

आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडी बिच भएको प्रतिस्पर्धा आज सकिएको हो।

२५ औं नेपाल च्याम्पियन रुपेश जैसवाल र १० औं महिला नेपाल च्याम्पियनको सिन्दिरा जोशीलाई बुद्धिचाल महासंघले सहभागी गराएका थियो । 
मास्टर रुपेशले ५ अंक जोडे । सिन्दिराले कमजोर खेल खेल्दै ३.५ मात्र जोडेकी छिन्। 

बंगलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर आईएम मनुन रेजा नीरले ७ अंकसहित उपाधि जिते। महिला विधा तर्फ बंगलादेशका २०९७ रेटेड अहमेद वादिफाले ७ अंक प्रोग्रेसिभ ४६ प्वाइन्टसहित उपाधि जितिन्।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.