9 months ago
March 21, 2025
एजेन्सी – ज़िम्बाब्वेकी पूर्व पौडीबाज तथा ओलम्पियन कर्स्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन्।
अफ्रिकी मुलको पहिलो अध्यक्ष निर्वाचित हुने क्रममा उनले बेलायतका लर्ड को सहित ६ जना पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै यो ऐतिहासिक जित हासिल गरेकी हुन्।
४१ वर्षीया कोभेन्ट्रीले बिहीवार भएको निर्वाचनको पहिलो चरणमै ९७ मतमध्ये ४९ मत प्राप्त गर्दै स्पष्ट बहुमत हासिल गरिन्।
विश्व एथलेटिक्सका अध्यक्ष लर्ड कोले मात्र ८ मत प्राप्त गरे । जुआन एन्टोनियो सामाराञ्च जुनियरले २८ मत पाए। फ्रान्सका डेविड लापार्टिएन र जापानका मोरिनारी वतानाबेले समान ४ मत मात्र प्राप्त गर्दा जोर्डनका प्रिन्स फेइसल अल हुसेन र स्विडेनका जोहान एलियासचले समान मत पाए।
ज़िम्बाब्वेको खेल मन्त्रीसमेत रहेकी कोभेन्ट्री हालसम्म आइओसी अध्यक्ष हुनेमध्ये सबैभन्दा कान्छी हुन्। ४१ वर्षको उमेरमा उनी अध्यक्ष बनिन्। उनले २३ जुनमा थोमस बाचलाई प्रतिस्थापन गर्नेछिन्। जसले सन् २०१३ देखि आइओसीको नेतृत्व सम्हाल्दै आएका थिए।
कोभेन्ट्री खेलकुदको सर्वोच्च पद सम्हाल्ने दशौं व्यक्ति बनेकी छन् र उनको कार्यालय कम्तीमा आगामी ८ वर्षको हुनेछ।
उनको अध्यक्षतामा आयोजना हुने पहिलो ओलम्पिक मिलान–कोर्टिना शीतकालीन खेल २०२६ हुनेछ। निर्वाचित भएपछि कोभेन्ट्रीले भनिन्, ‘यो एक शक्तिशाली संकेत हो। हामी साँच्चिकै विश्वव्यापी संगठन बनेका छौं।’
कोभेन्ट्रीले आईओसीलाई आधुनिकीकरण गर्ने, दिगोपनलाई प्रवर्द्धन गर्ने, प्रविधिलाई आत्मसात गर्दै खेलाडीहरूलाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्। साथै उनले महिला खेल सुरक्षामा विशेष ध्यान दिने भन्दै ट्रान्सजेंडर महिलाहरूलाई ओलम्पिक खेलमा सहभागी गराउन नदिने प्रतिबन्धको पक्षमा आफू रहेको स्पष्ट पारेकी छन्।
आइओसी कार्यकारी बोर्ड सदस्यसमेत रहेकी कोभेन्ट्री
संस्था भित्रैबाट अघि बढेकी हुन्। पूर्व अध्यक्ष थोमसको प्रमुख रोजाइका रुपमा हेरिएकी कोभेन्ट्रीले आफ्नो शान्त चुनावी अभियानपछि सहज जित हात पारिन्। जुन थोमसको प्रभावको संकेतका रुपमा पनि हेरिएको छ। उनी आईओसीको नेतृत्व गर्ने १०औं व्यक्ति बनेकी छिन्।

कोभेन्ट्रीले आगामी जुनमा औपचारिक रूपमा पदभार ग्रहण गर्नेछिन्। जुन ओलम्पिक आन्दोलनका लागि संवेदनशील समय हुने आँकलन गरिएको छ। उनको नेतृत्वमा संस्थाले बहुपक्षीय कूटनीतिक तनाव, रसियाको सम्भावित पुनः समावेशीकरण र २०२८ को लस एन्जलस ओलम्पिकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संभावित हस्तक्षेप जस्ता चुनौतीहरूको सामना गर्नुपर्न देखिएको छ।
ओलम्पिकमा ज़िम्बाब्वेले अहिलेसम्म जितेका ८ मध्ये ७ पदक कोभेन्ट्रीकै नाममा छ। जसमा २००४ र २००८ ओलम्पिकमा जितेका २०० मिटर ब्याकस्ट्रोक स्वर्णपदक पनि रहेको छ।
कोभेन्ट्रीको यो सफलता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको नेतृत्वमा ऐतिहासिक परिवर्तन पनि हो।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]