9 months ago
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो।
चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
पाहुना टोलीका लागि मोइसे कीनले २ तथा ज्याकोमो रास्पाडोरीले १ गोल गरे । घरेलु टोली जर्मनीका लागि भने जोसुवा किमिच, जमाल मुसियाला र टिम क्लाइन्डिन्स्टले समान १ गोल गरे ।
जोसुवा किमिचको उत्कृष्ट प्रदर्शनले पहिलो हाफमै जर्मनीलाई खेलमा ३–० को सहज अग्रता बनायो । उनले पेनाल्टीमार्फत १ गोल गरे भने जमाल मुसियाला र टिम क्लाइन्डिन्स्ट गोलमा असिस्ट गरे।
किमिचले ३०औं, मुसियालाले ३६औं र क्लाइन्डिन्स्टले ४५औं मिनेटमा गोल गरे । इटालीले दोस्रो हाफमा पुनरागमन गर्दै मोइसे कीनको दुई गोलमार्फत घरेलु टोलीलाई दबाबमा राख्यो । कीनले खेलको ४९औं र ६९औं मिनेटमा गोल गरे ।
दोस्रो हाफको इन्ज्युरी समयमा रास्पाडोरीले पेनाल्टीमार्फत गोल गरेपछि इटालीको आशा जगेको थियो । फाइनल प्रवेशका लागि जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन् ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]