default_image

9 months ago

March 31, 2025

पोखरामा लाइन्स कप भलिबल हुने

1196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लाइन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एम को आयोजनामा अर्को महिना लाइन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा २०८२ वैशाख १८ देखि २२ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

आयोजकका डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले २ विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी दिए ।

नेपालका‌ ३ विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले भाग लिनेछन्।

पाकिस्तान भलिबल क्लब, इस्लामावादको सहभागिता निश्चित भइसकेको बताइएको छ। भारत  र इरानको टोलीसँग पनि छलफल भइरहेको जानकारी दिइएको छ  ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिने र लिग कम नकआउटका आधारमा प्रतियोगिता सन्चालन हुनेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ४४ हजार ४ सय ४४, दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४, तेस्रो टोलीले १ लाख ४४ हजार ४ सय ४४ सय रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र  विधागत उत्कृष्टले ८ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन्।

लाइन्स इन्टरनेसनल स्थापनाको १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको बताइएको छ।

राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ र गण्डकी प्रदेश खेलकुद परिषदको स्विकृती तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग, पोखरा महानगरपालिका प्रवर्द्धन र गण्डकी प्रदेशको विशेष सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको‌ हो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.