8 months ago
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोर्जे होजाङस्टाङले
एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि जितेका छन् ।
बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन् ।
काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा शनिवार प्रतियोगिताको विजेतालसई नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा पुरस्कृत गरे।
१८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडे । उनले फ्रन्ट नाइटमा २५ अंक र ब्याक नाइनमा १९ अंक जोडेको थिए ।
यस्तै, बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । नोर्बुले सात बर्डी प्रहार गरेका थिए ।
पुरुषतर्फ राजेन्द्र श्रेष्ठले दोस्रो स्थान हासिल गरे । राजेन्द्रले ४३ अंक जोडेका थिए । प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।
महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।
प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।
पुरस्कार वितरण समारोहमा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूले गल्फ क्षेत्रसँग सम्बन्धित विविध पक्षलाई समेटेर पर्यटनमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरको समेत सहभागिता थियो । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]