default_image

8 months ago

April 6, 2025

राष्ट्रिय महिला भलिबल अर्को महिना

1042 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना हुनेछ।

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै ६ टोलीको सहभागितामा २०८२ वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुने जानकारी दिएको छ।

प्रतियोगितालाई विगतमा जस्तै केएनपी निरोलेकले मुख्य प्रायोजन गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी निरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतियोगितामा साविक एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको बताइएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबको पनि सहभागिता रहने विश्वास रहेको प्रतिष्ठानको अध्यक्ष रन्जन खड्काले बताए ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार , दोस्रोले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँप्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँप्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय महिला खेलाडीले ५० हजार रुपैयाँसहित शेरबहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.