default_image

8 months ago

April 6, 2025

आइएम लहिरीको विशेष प्रशिक्षण

368 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ ।

एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टरक्लास विथ आईएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टीओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो ।

मास्टरक्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड गेमलगायतमा प्रशिक्षण दिइने बताइएको छ । एकेडेमीको काठमाडौं महानगरपालिका ११, थापाथालीस्थित आफ्नै चेस हलमा सञ्चालित विशेष प्रशिक्षण एक साता चल्नेछ ।

‘नेपालमा व्यवस्थित तवरले सैद्धान्तिक रुपमा चेसको प्रशिक्षण गर्न गराउन कठिन छ, त्यसैले अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त फिडे ट्रेनर लहिरीलाई काठमाडौं ल्याएका हौं,’ हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘वल्र्ड च्याम्पियन गुकेशसहित रमेशबाबु प्रागानन्द, सूर्यशेखर गांगुली, सन्दीपन चन्दलगायत थुप्रै जीएम (ग्रान्डमास्टर) लाई प्रशिक्षण दिइसकेका उहाँ वल्र्डक्लास कोच हुनुहुन्छ । हाम्रा खेलाडीलाई वल्र्ड लेवलको प्रशिक्षण दिनकासाथै हाम्रा प्रशिक्षकको स्तरबृद्धिका निम्ति उहाँलाई ल्याएका हौं । उहाँले आगमनले पक्कैपनि नेपाली चेसको स्तरबृद्धिमा योगदान पुग्नेछ ।’

करिअरको उच्च लयमा फिडे रेटिङ २४५० पुगेका लहिरीले झण्डै तीन दशकको कोचिङ करिअरमा नेपालसहित, भुटान, गुयना, थाइल्यान्ड, मंगोलिया र भारतका राष्ट्रिय टिम सम्हालिसकेका छन् ।

यसअघि उनले सन् २००५ मा नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए । कोलकाताका ५३ वर्षीय उनले इलामको रामप्रसाद गौतम स्मृतिलगायत नेपालमा आयोजित चार वटा प्रतियोगिताको उपाधि पनि जितेका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.