default_image

8 months ago

April 22, 2025

साउथ एसियन रिजनल युथ टेबल टेनिस यसै साता

809 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा यसै साता साउथ एसियन रिजनल युथ टेबल टेनिस च्याम्पियनसिप हुनेभएको छ।

एसियन टेबल टेनिस युनियन (एटिटियू) को वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप‌ हुन लागेको टेबल टेनिस संघको मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

च्याम्पियनसिप वैशाख ११ देखि १४ गते सम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
च्याम्पियन्सिपमा दक्षिण एसियाका नेपालसहिर भारत , पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स गरि ६ राष्ट्रको सहभागिता रहनेछ ।

च्याम्पियन्समा गर्ल्स र ब्वाइज यु १९ र यु १५ को टिम इभेन्टस्, सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ। । खेलाडी तथा अफिसियल गरि १ सय १३ जनाको सहभागिता रहने टेबल टेनिस संघले जानकारी दिएको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.