default_image

8 months ago

April 27, 2025

नेपाललाई १ स्वर्णसहित १२ पदक

509 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको छ ।

यु–१९ र यु–१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा गर्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतवार सम्पन्न प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण दिलाए ।

सोही स्पर्धाको गल्र्समा नेपालका इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले रजत जिते । इभाना र वियंकाको जोडीले यु–१९ गर्ल्स डबल्समा पनि रजत हात पारे । यु–१५ गर्ल्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडी दोश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत प्राप्त गरे ।

यु–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल भए । यु–१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोश्रो स्थानमा रहे ।

यु–१५ गल्र्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु–१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु–१५ गल्र्स सिंगल्समा शुभश्री, यु–१९ गल्र्स सिंगल्समा इभाना, यु–१५ ब्वाइज सिंगल्समा प्रजिल भट्टराई तथा यु–१९ ब्वाइज सिंगल्समा गनञ्जय दाहालले नेपालका लागि कांस्य जिते ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुँवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा भुटान बाहेक ६ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए । यु–१९ को ब्वाइज÷गल्र्स टिम इभेन्टमा पहिलो र दोश्रो हुने टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.