default_image

8 months ago

April 29, 2025

लायन्स कप भलिबलको तयारी अन्तिम चरणमा

1424 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- पोखरामा हुने प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सुरु हुनेछ।
पोखरामा पहिलो पटक इन्डोर हलमा भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा २ विदेशीसहित ६ टोलीको सहभागिता रहनेछ आयोजक लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

विदेशी टोलीको रुपमा भारत, इरानका क्लब‌‌ तथा नेपालका ३ विभाग र गण्डकी प्रदेशको सहभागिता रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन लिग खेलाइनेछ ।

दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए  ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ , दोस्रोले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, तेस्रो ह टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागत उत्कृष्टले समान ८ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन्।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.