7 months ago
April 29, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा हुने प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सुरु हुनेछ।
पोखरामा पहिलो पटक इन्डोर हलमा भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा २ विदेशीसहित ६ टोलीको सहभागिता रहनेछ आयोजक लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
विदेशी टोलीको रुपमा भारत, इरानका क्लब तथा नेपालका ३ विभाग र गण्डकी प्रदेशको सहभागिता रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन लिग खेलाइनेछ ।
दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ , दोस्रोले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, तेस्रो ह टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ ।
सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागत उत्कृष्टले समान ८ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]