7 months ago
May 1, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको भलिबल टोलीले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा इरानको टिमले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ ले हराएको हो। पहिलो सेट २५-२० ले जित्दै खेलमा १-०को अग्रता बनायो।
एक सेट गुमाएपछि एपिएफ र इरानी टिमबीच अत्यन्त प्रतिस्पर्धात्मक बन्यो। एपिएफले कडा चुनौती पनि दियो। २९-२९ को बराबरीपछि लगातार दुई स्कोर जोड्दै एपिएफले ३१-२९ दोस्रो सेट जित्न सफल रहयो। खेल १-१को बराबरीमा पुग्यो।
यसपछि तेस्रो सेट इरानी टिमले २५-२३ ले जित्यो। २-१ को अग्रता बनाएको इरानी टोलीले २५-१९ ले जित्दै एपिएफलाई हराउन सफल रह्यो।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताका उद्घाटन आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए।

प्रतियोगितामा ६ टोलीको सहभागी छम। समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् । दुवै समूहबाट शीर्ष दुर्ई टोली सेमिफाइनलमा पुग्ने नियम रहेको छ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]