default_image

8 months ago

May 1, 2025

इरानको टोलीले एपिएफलाई हरायो

1259 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको भलिबल टोलीले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा इरानको टिमले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ ले हराएको हो। पहिलो सेट २५-२० ले जित्दै खेलमा १-०को अग्रता बनायो।

एक सेट गुमाएपछि एपिएफ र इरानी टिमबीच अत्यन्त प्रतिस्पर्धात्मक बन्यो। एपिएफले कडा चुनौती पनि दियो। २९-२९ को बराबरीपछि लगातार दुई स्कोर जोड्दै एपिएफले ३१-२९ दोस्रो सेट जित्न सफल रहयो। खेल १-१को बराबरीमा पुग्यो।

यसपछि तेस्रो सेट इरानी टिमले २५-२३ ले जित्यो। २-१ को अग्रता बनाएको इरानी टोलीले २५-१९ ले जित्दै एपिएफलाई हराउन सफल रह्यो‌।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताका उद्घाटन आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए।

प्रतियोगितामा ६ टोलीको सहभागी छम। समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् । दुवै समूहबाट शीर्ष दुर्ई टोली सेमिफाइनलमा पुग्ने नियम रहेको छ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.