default_image

7 months ago

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।

ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो ।

गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए पनि हार टार्न सकिनन् ।

राउन्ड रोविन लिगको आधारमा भैरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश गरी ४ टोली सहभागी छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

लिगमा २ जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो ।

मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ ।मधेशले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो ।

पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को सहज रच्यो ।

आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान १ गोल गरे ।

आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना गर्यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेस भने कोसीसँग चुकेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ ।

समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् । पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो ।

कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । बागमतीका समीर घिमिरेले एक गोल गरे ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.