default_image

8 months ago

May 3, 2025

गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

2137 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ)पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई रोमान्चक खेलमा ३-२ को सेटमा पराजित गर्दै एपिएफले अन्तिम चारमा पुगेको हो।

पहिलो सेट १९-२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट फेरि २३–२५ ले गुमाउन पुग्यो। त्यसपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्यो।

३ अंकले पछि परेको अवस्थामा एपिएफले चौथो सेटमा लगातार १२ अंक जोड्यो। यो सँगै २५-१४ ले चौथो सेट जित्दै खेल २-२ को बराबरीमा पुग्यो। निर्णायक पाँचौं सेट एपिएफले १५-११ ले आफ्नो पक्षमा पार्यो।

यो सँगै एपिएफ समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो। यो समूहबाट इरानको टोली सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा ६ टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.