default_image

7 months ago

May 5, 2025

अल्ट्रा रनरद्वारा एक्स स्टेपको उद्घाटन

1243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ ।

अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे ।

अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल रेस उपाधि जितेका छन् ।

खेल पोशाकको उत्कृष्ट ब्रान्डमध्ये एक एक्स स्टेपको यो १४ औँ आउटलेट हो । एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटनको अवसरमा ‘रन फर फ्रेस एयर’ नारासहित पाँच किलोमिटर दौडको आयोजना पनि गरिएको थियो ।

सो दौडमा अर्जुनसहित अर्जुनसहित अन्य आठ जना ट्रायल रनर दावा तामाङ, मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए ।

सबै एक्स स्टेपको पोशाक र जुत्ता लगाएर दौडेका थिए । धावक अर्जुनले एक्स स्टेपको जुत्ता, पोशाकसहित दौडँदा निकै सहज महसुस भयो, भने ।

एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले सो दौडमा सहभागी धावकधाविकालाई एक्स स्टेपका खेलपोशाकसहितको गिप्mट ह्याम्पर प्रदान गरे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.