7 months ago
May 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्यो
ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई २–० ले हराउँदै उपाधि उचालेको हो । आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक गोल भयो ।
खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका राजेन्द्र नै प्लेयर अफ द म्याच भए । गण्डकीले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको इमर्जिङ प्लेयर एपिएफका पवन माओ, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोशन राई घोषित भए । बेस्ट स्कोरर आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले समान ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेअर अफ द टुर्नामनेन्ट घोषित भए ।
प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर २५ हजार रुपैयाँ प्राप्त गर्यो । विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–० ले हराएको हो । शंकर घर्तिमगर दुई गोल तथा मिलन तामाङले एक गोल गरे । शंकरले तेस्रो मिनेटमा नै गोल गर्द पुलिसलाई अग्रता दिलाए । ३०औं मिनेटमा मिलनले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पुलिसले तेस्रो गोल गर्यो । ५७औं मिनेटमा शंकरले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले सहज जित निकाल्यो । गण्डकीका प्रेम विक प्लेयर अफ म्याच भए ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे । महिलातर्फ पनि आर्मी नै च्याम्पियन बनेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]