default_image

7 months ago

May 9, 2025

नेपाल र हङकङबीचको खेल सुरु हुन सकेन

1457 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायर थाइल्यान्डमा आज सुरु हुँदैछ।

नेपाल र हङकङबीचको खेल सुरू हुन सकेको छैन्। हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेको छ। वेट आउट फिल्डको कारण खेल सुरू हुन ढिला भएको हो। टस पनि हुन सकेको छैन्।‌ खेल बिहान ८:४५ बजे सुरू हुनुपर्ने हो।

क्वालिफायरमा नेपाल सहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्।‌ समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।

टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.