default_image

7 months ago

May 9, 2025

पिएम कप एनभिए लिगको प्रत्यक्ष प्रसारण ‘हाम्रो खेलकुद’ ले गर्ने

782 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा हुने नवौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।

संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।

पिएम कप एनभिए लिगको अघिल्लो संस्करणजस्तै हाम्रो खेलकुदले प्रसारण अधिकार प्राप्त गरेको हो । संघको कार्यसमिति बैठकले यो निर्णय लिएको अध्यक्ष जितेन्द्रबहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए । संघका अध्यक्ष चन्द र हाम्रो खेलकुदका सुबास हुमागाईंले सम्मेलनमा सम्झौता पत्र आदान प्रदान गरे ।

संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ । यस वर्ष दशौं राष्ट्रिय खेलकुदको अनिश्चितता र मोफसलका प्रतियोगिताका कारण लिगको छनोटको रुपमा रहेको क्लब च्याम्पियनसिप आयोजना गर्न नसकेको संघले जानकारी दियो ।

लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५-२५ हजार रुपैंया राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरस्कार रकम मात्र ३२ लाख रुपैंया रहेको प्रतियोगिताको कुल अनुमानित बजेट ९० लाख रहेको छ । प्रमुख प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद रहेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले टिकटबाट ३०-३५ लाख उठाएर अन्य प्रायोजकबाट पनि सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।

प्रतियोगितामा हरेक टिमले ३ विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.