default_image

7 months ago

May 11, 2025

पाकिस्तान च्याम्पियन, नेपाल ब्लु तेस्रोमा स्थानमा

1413 views

0 Bookmark

काठमाडौं, जेठ २७ – नेपाल इ-स्पोर्ट्स संघ (इसान) को आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पब्जी मोबाइल एसियन शोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ ।

तीन दिनसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धाको अन्तिम दिन पाँच खेल सम्पन्न हुँदा पाकिस्तानले आफ्नो खेलमा उल्लेखनीय सुधार गर्दै कुल १५ खेलमा १७३ अंक जोड्न सफल भयो । दोस्रो दिनसम्म शीर्ष स्थानमा रहेको इन्डोनेसियालाई पछि पार्दै पाकिस्तान उपाधि जित्न सफल रह्यो । अन्तिम दिन पाकिस्तानले दुई चिकेन डिनर जित्दै इन्डोनेसियालाई चार अंकले पछि पारेको हो ।

इन्डोनेसियाले १६९ अंकमा प्रतियोगिता समाप्त गर्‍यो । अन्तिम दिनमा अपेक्षाकृत प्रदर्शन हार्न नसक्दा उपाधि हातबाट फुस्किएको हो । नेपाल ब्लु टोलीले अन्तिम दिनमा उत्कृष्ट लयमा फर्किँदै तेस्रो स्थान हासिल गर्यो । टोलीले अन्तिम दिन दुई वटा चिकेन डिनर जित्दै १५४ अंक जोड्यो । उपाधि जित्ने सम्भावना देखिएपनि अन्तिम खेलमा आवश्यक अंक जुटाउन नसक्दा नेपाल ब्लु तेस्रो स्थानमै सिमित भयो ।

नेपाल रेड टोलीले ११८ अंक, मलेसियाले ११२ अंक, र जोर्डनले ९० अंक जोड्दै क्रमशः शीर्ष ६ स्थानमा समापन गरे । प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन लेबननले गरेको थियो, जसले जम्मा २१ अंक मात्र जोड्न सक्यो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फलकले प्राप्त गरे । उनले सम्पूर्ण प्रतियोगिताभरमा निरन्तर आक्रामक र निर्णायक भूमिका निर्वाह गर्दै आफ्नो टोलीलाई जिततर्फ डोर्याएका थिए । उत्कृष्ट व्यक्तिगत प्रदर्शनका आधारमा तयार पारिएको सूचीमा पाकिस्तानका तीन र नेपालका दुई खेलाडी समावेश भएका छन् ।

प्रतियोगितामा १४ राष्ट्रका टोलीहरूको सहभागिता रहेको थियो, जसमा नेपालबाट नेपाल ब्लु, नेपाल रेड र नेपाल व्हाइट गरी तीन टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको सफल समापनपछि इसानका अध्यक्ष अञ्जन धमलले एसियाका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने अवसर दिएर एउटा नयाँ इतिहास निर्माण गरेका बताए । उनले आगामी दिनमा अझ ठूलो र भव्य प्रतियोगिता गर्ने योजनामा रहेको जानकारी दिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.