default_image

7 months ago

May 16, 2025

नेपाल हेरिटेज रन हुने

546 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौं र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन (काठमाडौं २५के रन ) हुने भएको छ ।

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा आयोजना हुन लागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।

विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ । नेपालमा पहिलो पटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई सुन्धारा, न्युरोड, काठमाडौं दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथलीहुँदै दशरथ रंगशाला पुगेर २५ किमी दौड पुरा हुनेछ ।

यससँगै विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ ५ किमी दौड समावेश गरिएको छ । तीन वटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । नगद पुरस्कार चाँडै घोषण गरिने छ ।

रेस नेपालले हेरिटेज रन सन्चालनका लागि सबैलाई सहकार्य गर्न आग्रह गरेको छ । यस दौड सन्चालनका लागि नेपाल एथ्लेटिक्स परिवारसँग  सहआयोजकका रुपमा सहकार्य गरिएको छ । साथै राजन खत्रीलाई दौड व्यवस्थापनको संयोजकको जिम्मेवारी दिइएको छ ।

एम्सको बोर्ड बैठक, कंग्रेस वा कन्फ्रेन्सका क्रममा रोड रेस गर्नुपर्ने प्रोटोकलअनुसार नेपाल हेरिटेज रन आयोजना गर्न लागिएको हो । एम्सको बोर्ड बैठक यही जेठ २१ र २२ गते ललिपुरस्थित होटल हिमालयमा बस्दैछ ।

एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते शुक्रवार नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदैछ । रनिङसम्बन्धि कन्फ्रेन्स दक्षिण एशियामै पहिलोपटक नेपालमा हुनलागेको एम्स दुत तथा कन्फ्रेन्स अध्यक्ष टीएस ठकुरीले बताए ।

‘निजी तथा सरकारी दुवैको उत्साहजनक साथ पाए हरेक बर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता दिइनेछ’ धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–‘अन्र्तराष्ट्रियस्तरका धावक वा आयोजकहरुलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्न सक्छ, यसले नेपालको खेल पर्यटनमा योगदान गर्नसक्छ, यही सोंचबमोजिम कन्फ्रेन्स र हेरिटेज रन परिकल्पना गरिएको हो ।’

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स दक्षिण एशियामै पहिलोपटक नेपालमा हुन लागेको हो ।

कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् ।

त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वले ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रुपमा म्याराथन’ बिषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटन ः आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौड – स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवद्र्धन गर्दै’  गरी दुई बिषय रहने छन् । हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् ।

एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुलआयोजक समिति गठन गरिनेछ ।

कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहने छ ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.