default_image

7 months ago

May 18, 2025

सदभावलाई उत्कृष्ट युवा खेलाडी अवार्ड

256 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा नेपालका नम्बर एक एमेच्योर गल्फर काठमाडौंका सदभाव आचार्य उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन्।

बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा सदभावलाई युवा खेलाडी अवार्ड सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

कलिलो उमेरमै सानदार सफलताको कथा रचिरहेका सदभसव नेपाली गल्फको आशसलाग्दा खेलाडी हुन्।

उनले गत वर्ष २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फ ऐतिहासिक उपाधि जिते। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा जितेको यो पहिलो उपाधि हो। सदभाव ओभरअलतर्फ दोस्रो भए ।

त्यस्तै ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले ऐतिहासिक स्वर्ण जिते। उनी यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने।

नेपालले सन् १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो। यही प्रतियोगिताको टिम सपर्धाम राहुल विश्वकर्मासँग मिलेर उनले टिमतर्फ पनि स्वर्ण जिते। यो च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्।

अन्तराष्ट्रियसँग सूर्य नेपाल गल्फ टुरमा एमेच्योर खेलाडी भएपनि प्रोफेसनल खेलाडीहरूको लागि उनी ठूलो नाम बनिसकेका छन्। उनले चारवटा प्रतियोगितामा प्रोफेसनल खेलाडीलाई हराउँदै उपाधि उचालेका छन्।

सो गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने रेकर्ड पनि उनकै नाममा रहेको छ। चार घरेलु उपाधि मध्ये काठमाडौं ओपनमा १५-अन्डर २५७ को कोर्स रेकर्ड पनि सामेल छ।

अवार्डमा यो पटक कुल ८ विधामा १३ जना खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.