7 months ago
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता काठमाडौंकी पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्।
बागमती प्रदेशको राजधानी हेटौंडामा आज आयोजित कार्यक्रममा पलेशालाई पारा वर्ष खेलाडी अवार्ड प्रदान गरियो। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ। उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। उनको बुवा प्रदीप गोवर्धनले अवार्ड ग्रहण गरे।
पलेशा ऐतिहासिक पारा ओलम्पिक्स पदक विजेता खेलाडी हुन्। विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो। उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन्।
उनको अदम्य साहश र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी मात्र बनेन। देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो।
नेपालको खेलकुदको इतिहासमा सर्वाधिक सफल खेलाडी पलेशाले पेरिस पारालिम्पिक्समा के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह कास्य जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचिन्।
पलेशाले जितेको कास्य नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठुलो पदक हो। यसअघि जापान पारा ओलम्पिकमा उनले दुई बाउट जितेकी थिइन्।
उनको सफलता र मेडलको फेहरिस्त लामै छ। चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाइन। एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो।
यीनै पदक र रेकर्डकी धनी पलेशा उत्कृष्ट पारा खेलाडीको अवार्डबसट सम्मानित भएकी हुन्। अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिनेछ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]