default_image

7 months ago

May 18, 2025

त्रिशा र नरिकालाई एसियाली बक्सिङमा कास्य पदक

857 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ श्रीलंकामा जारी एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए ।

झापा भद्रपुरकी त्रिशा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल समूहमा कास्य पदक जितेका हुन् । नरिकाले यसअघि दुबईमा भएको युथ समूहमा पनि कास्य पदक जितेकी थिइन् ।

नवौँ राष्ट्रिय खेलकुदकी स्वर्ण पदकधारी त्रिशा पहिलोपटक च्याम्पियनसिपमा सहभागी भएकी हुन् । च्याम्पियनसिपमा नेपालका लागि त्रिशा र नरिकाले मात्र पदक जितेका हुन् ।

आज श्रीलंकाको कोलोम्बोमा भएको सेमिफाइनल खेलमा त्रिशा ताजिकिस्तानकी ह्याङ्गोमा आइसोएभासँग पराजित भइन् । त्यस्तै, नरिका भारतकी पायल जखरसँग पराजित भइन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.