default_image

7 months ago

May 19, 2025

ललितपुर बुद्धिचालको अध्यक्षमा श्रेष्ठ

470 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- ललितपुर जिल्ला बुद्धिचाल संघमा अध्यक्ष विक्रम श्रेष्ठसहित ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।

ललितपुरको ६ वटा पालिकाका प्रतिनिधि एवं कार्य समितिले २ वर्षका लागि कार्यसमिति चयन गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ।

महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल चयन भएका छन्। 

सदस्यमा मनु सिं दानी, समिर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठ चयन भए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठको रोहवरमा साधारणसभा भएको थियो। निर्वाचित पदाधिकारी र सदस्यलाई निर्वाचन संयोजक निशा महर्जनले प्रमाणपत्र प्रदान गरिन् ।  

संघको साधारण सभामा महासंघका केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, केन्द्रीय सदस्य सुशील चौधरी, केन्द्रीय सदस्य रमिला पोखरेल लगायतले बधाई तथा शुभकामना दिए । 

आजै काठमाडौं जिल्ला बुद्धिचाल संघले केशव श्रेष्ठको नेतृत्वमा साधारणसभा सम्पन्न गरेको छ। भोलि नुवाकोट, भक्तपुर लगायतका जिल्लाहरुमा अधिवेशन हुने महासंघले जनाएको छ। 

महासंघले आफ्ना ५५ सदस्य जिल्लालाई जेठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको छ । 

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.