default_image

7 months ago

May 20, 2025

हेल्प नेपाल र गण्डकीबाट पाकिस्तानीले पिएम कप खेल्ने

1766 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल संघले पोखरामा हुने प्रधानमन्त्री कप नवौं एनभिए क्लब भलिबल लिगका लागि पाकिस्तानी खेलाडीलाई टोलीमा अनुबन्ध गरेका छन् ।

हेल्प नेपाल र गण्डकीले समान ३ पाकिस्तानी खेलाडीलाई टोलीमा समेटेका हुन् । यसपल्ट हेल्प नेपालको टोलीमा मुवासर राजा वाट्टो, माजर अली र सेटर वालिद खान छन् ।

गण्डकीले आउटसाइड हिटर वाकर खान, अपोजिट हिटर ऐमल खान र सेटर अदनान खानलाई टोलीमा समेटेका छन् ।

वालिद र वाकर खान पहिलोपटक नेपाल आएका हुन् । बाँकी ४ जनाले यसअघि हेल्प नेपालबाटै विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

यस्तै हेल्प नेपालले नेपाली राष्ट्रिय टोलीको पूर्व कप्तान मान बहादुर श्रेष्ठलाई पनि टोलीमा समेटेको छ । यसपटक टोलीको कप्तानी अमृत केसीले सम्हाल्नेछन् । सुवास कुँवर, चिरन खड्का र मनिष मानन्धरसँगै प्रशिक्षक उत्सव खड्का टोलीमा निरन्तर छन् ।

यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लबले आफ्नो पावरफुल हिटर टेकराज अवस्थीलाई टोलीमा समेटेको छ । उनी अस्ट्रेलियाबाट लिग खेल्न नेपाल पुगिसकेका छन् ।
महिलातर्फ एभरेस्ट भलिबल क्लबले थाइल्यान्डका ३ खेलाडीलाई टोलीमा समेटेका छन् । उनीहरु पहिलोपटक नेपाल आएका हुन्।

नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक ८ देखि १५ जेठसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने छ ।

नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा हुने भएको हो ।

दशौं राष्ट्रिय खेलकुदको अनिश्चितता र मोफसलका प्रतियोगिताका कारण लिगको छनोटको रुपमा रहेको क्लब च्याम्पियनसिप आयोजना गर्न नसकेकाले संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ ।

लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीको सहभागिता रहेको छ । पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब रहेका छन् ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश छन् ।
दुवैतर्फको विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार रुपैयाँ राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.