default_image

7 months ago

May 21, 2025

सैनिक महाविद्यालयमा ‘स्कुल टु ओलम्पिक’

517 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स संघले भक्तपुर सल्लाघारीको सैनिक आवासीय महाविद्यालयमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ ।

यो वर्षको‌ त्यो दोस्रो कार्यक्रम हो । गत साता काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो।

संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोग र सैनिक महाविद्यालयको व्यवस्थापनमा कार्यक्रम आयोजना गरेको हो । ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा तथा सैनिक महाविद्यालयका ३ सय भन्दा बढि विधार्थीहरुको सहभागितामा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो।

ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी स्नेह राणा, सुष्मिता नेपाल र फुटबलका जर्ज प्रिन्स कार्कीले आफ्नो खेल यात्राका बारेमा विद्यार्थीसँग अनुभव साटेका थिए।

सोही महाविद्यालयमा प्लस टु गरेकी सुष्मिताले ९ कक्षामा हुँदा खेल जीवन सुरु गरेको स्मरण गर्दै इच्छा शक्ति र मेहनतले‌ ओलम्पक खेल्ने सपना पूरा भएको बताइन् ।

स्नेहले पारिवारिक माहौल र प्रेरणाले खेलमा लागेको जनाउँदै नामको लागि भन्दा पनि खेलप्रतिको लगावका कारण आफू ओलम्पिक खेल्न सफल भएको बताइन् ।

सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्न सक्ने बताइन् । उनले प्रतिभासँगै मेहनतले मात्र सफल‌ हुन सक्ने सम्भावना रहेको बताइन् ।

त्रिभुवन आर्मी फुटबल क्लबका स्ट्राइर समेत रहेका जर्ज प्रिन्सले सौखका लागि फुटबल खेल्न थालेपनि पछि त्यसमै लगाव बढेर राष्ट्रिय टोलीसम्म पुग्न सकेको बताए।

विधार्थीहरुले खेलमा प्रतिभा कि मेहनतको महत्व हुन्छ? नेपाली खेलकुदले सफलता प्राप्त गर्ने केमा ध्यान दिन पर्छ, विगतमा भन्दा अहिले अभिभावकमा खेलप्रतिको धारणामा परिवर्तन आएको छ कि‌ छैन ? नेपालमा खेलेर बाच्ने अवस्था बन्दै छ कि छैन भन्ने जिज्ञासा राखेका थिए। त्यसमा खेलाडीले जवाफ दिएका थिए।

सो‌ अवसरमा ओलम्पियन्स संघका अध्यक्ष दिपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपमहानिर्देशक समेत रहेका भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले खेलकुद आफ्नो परिचयलाई फराकिलो बनाएको बताए ।

कायर्क्रममा सैनिक महाविद्यालयका प्रिन्सिपल, स्कुलका इन्चार्ज,लगायत शिक्षकहरुको उपस्थिति थियो। व
सर्भिस टु सोसाइटी , सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका १७ ठाउँमा आयोजना भइसकेको छ।

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको यो दोस्रो पटक हो।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.