7 months ago
May 22, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले आज सुरु भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा विजयी सुरुवात गरेको छ।
पहिलो दिनको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो।
अब महिलातर्फको दोस्रो खेल एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। महिलामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको आज खेल छैन । प्रतियोगितामा सहभागी बाँकी सबै टोलीले आफ्नो पहिलो खेल आज खेल्नेछन् ।
आज पुरुषतर्फ ४ खेल हुनेछन् । जसमा क्रमैसँग एपिएफ र सुदूरपश्चिम प्रदेश, टिप टप हेल्प नेपाल र आर्मी, गण्डकी प्रदेश र कोशी प्रदेश तथा दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानबाट भइरहेको छ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]