default_image

7 months ago

May 22, 2025

एपिएफको पुरुष टोली पनि विजयी

615 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगको पुरुषतर्फ पनि विजयी सुरुवात गरेको छ

पहिलो दिनको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।
एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो।

एभरेष्ट र एपिएफलाई सफलता

महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् ।

एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२-२५ ले गुमाएको  एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको हो।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी छन् ।

त्यसअघि एपिएफ क्लबलेकर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो।

एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। महिलामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको आज खेल छैन । प्रतियोगितामा सहभागी बाँकी सबै टोलीले आफ्नो पहिलो खेल आज खेल्नेछन् ।

पुरुषतर्फ गण्डकी प्रदेश र कोशी प्रदेश, टिप टप हेल्प नेपाल र आर्मी तथा दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका  विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानबाट भइरहेको छ।

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.