default_image

7 months ago

May 22, 2025

साविक विजेता हेल्प नेपालको सानदार सुरुवात

599 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा सानदार सुरुवात गर्न सफल भएको छ।

पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्यो‌।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ हेल्प नेपाल ३०-२८ ले बाजी मार्न सफल भयो‌। १-० ले पछि परेको आर्मी खेलमा फर्कन सकेन। त्यसपछि दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२० ले जित्दै हेल्प नेपालले सहज जित हात पार्यो।

त्यसअघि आज भएको खेलमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले पराजित गर्यो। गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले हराउँदै कोशीलाई माथ दिन सफल भएको हो।

त्यसअघि आज भएको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो। एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो।

त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२-२५ ले गुमाएको  एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको हो। राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी छन् ।

त्यसअघि एपिएफ क्लबलेकर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो।

एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। महिलामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबको आज खेल छैन ।

प्रतियोगितामा सहभागी बाँकी सबै टोलीले आफ्नो पहिलो खेल आज खेल्नेछन् दिनको अन्तिम खेल नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका  विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.