7 months ago
May 23, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेश र टिपटप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ।
गण्डकीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो।
पोखराको कभर्ड हलमा आज भएको खेलमा गण्डकीले आर्मीलाई २५-१९, २५-१७ र २५-१८ ले माथ दियो।
गण्डकीले हिजो कोशी प्रदेशलाई हराएको थियो। आर्मीको भने यो लगातार दोस्रो हार हो।
त्यस्तै हेल्प नेपालले लगातार दोस्रो जित दर्ज गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई २५-१९, २५-१७ र २५-१८ ले हरायो। हेल्प नेपालले आर्मीलाई हिजो ३-० को सोझो सेटमा हराएको थियो।
आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले पनि लगातार दोस्रो जित निकालेको थियो। पुलिसले कोशी प्रदेशलाई सोझो सेटमा हराएको थियो। पुलिसले कोशीलाई कुनैपनि मौका दिएन । पुलिसले २५-१२, २५-२९ र २५-१५ को जित निकाल्यो। हिजो पुलिसले मणि मुकुन्दलाई हराएको थियो।
आजै भएको महिलातर्फको खेलमा सावि विजेता पुलिसले जितका साथ सानदार सुरुवात गरेको छ।
पुलिसले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा माथ दियो।
एकपक्षीय खेलमा पुलिसले २५-२९,२५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक जोडेको छ।
एभरेष्टले हिजो त आर्मीलाई ३-१ ले हराएको थियो। २ खेलमा उसले एक जित र एक हार बेहोरेको छ।
त्यसअघि आज बिहान भएको खेलमा टिपटप न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटको जितमा लिगमा सानदार सुरुवात गरेको छ।
खेल एकपक्षीय बन्यो। जहाँ न्यु डायमण्डले २५-१३, २५-१० र २५-१० ले पराजित गर्यो।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]