7 months ago
May 23, 2025
पोखरा (हाम्रो खेलकुद)- मणिमुकुन्द भलिबल क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ पहिलो जित निकालेको छ ।
विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै मणिमुकुन्दले लिगमा दर्ता गरेको हो।
पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ मणिमुकुन्द २८-२६ ले बाजी मार्न सफल रहयो। तर मणिमुकुन्दले दोस्रो सेट १६-२५ ले गुमायो। एपिएफले खेललाई १-१को बराबरीमा पुर्यायो।
तर यसपछि मणिमुकुन्दले तेस्रो र चौथो सेट २५-२१ र २५-२२ ले जित्दै ३-१ को जित आफ्नो पक्षमा पार्यो। तीन विदेशी खेलाडी सम्मिलित मणिमुकुन्द हिजो नेपाल पुलिस क्लबसँग हारेको थियो।
यस्तै आज भएका अन्य खेलहरूमा गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल र पुलिसले पनि जित निकाले। यी तीनै टिमले लगातार दोस्रो जित हात पारेका हुन्।
गण्डकीले त्रिभुवन आर्मी क्लबलाई २५-१९, २५-१७ र २५-१८ ले माथ दियो। गण्डकीले हिजो कोशी प्रदेशलाई हराएको थियो। आर्मीको भने यो लगातार दोस्रो हार हो।
हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई २५-१९, २५-१७ र २५-१८ ले हरायो। हेल्प नेपालले आर्मीलाई हिजो ३-० को सोझो सेटमा हराएको थियो।
त्यस्तै पुलिसले कोशीलाई २५-१२, २५-२९ र २५-१५ ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो। हिजो पुलिसले मणि मुकुन्दलाई हराएको थियो।
आजै भएको महिलातर्फको खेलमा साविक विजेता पुलिस र टिप टप न्यु डायमण्डले जित हात पारे। पुलिसले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्यो। एकपक्षीय खेलमा पुलिसले २५-२९,२५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
एभरेष्टले हिजो आर्मीलाई ३-१ ले हराएको थियो। २ खेलमा उसले एक जित र एक हार बेहोरेको छ। अर्को खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई २५-१३, २५-१० र २५-१० ले पराजित गर्यो।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । भोलि पुरूषतर्फ चार र महिला तर्फ तीन गरी कुल सात खेल हुनेछन्।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]