default_image

7 months ago

May 24, 2025

एभरेष्ट न्यु डायमण्डसँग पनि पराजित

1362 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ज गरेको छ।

न्यु डायमण्डले थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-१ को नतिजामा पराजित गर्यो।

पोखरास्थित कभर्ड हलमा आज भएको महिलातर्फ दिनको तेस्रो खेलमा न्यु डायमण्डले उत्कृष्ट कमब्याकका साथ जित निकालेको हो।

एभरेष्ट भलिबल क्लबले सुरुवात राम्रो गर्यो। पहिलो सेट २५-२१ ले जित्यो। तर न्यु डायमण्ड खेलमा फर्कने क्रममा लगातार २५-२३, २५-१४ र २५- २२ को अग्रतासहित ३-१ को जित निकालेको हो।

यसअघि आजै भएका खेलहरुमा नेपाल एपिएफ क्लब र साविक विजेता नेपाल पुलिस क्लबले पनि लगातार दोस्रो जित आत्मसात गरे।

एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। २५-७, २५-२३ र २५-२० को सेटमा खेल आफ्नो पक्षमा पार्यो।

एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो। आर्मीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एभरेष्ट सँग पराजित भएको थियो।

आजै भएको महिलातर्फको पहिलो खेलमा पुलिसले कर्णालीलाई २५-५, २५-९ र २५-११ को नतिजामा माथ दियो।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका  विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.