7 months ago
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित हात पारेको छ।
अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा हराउन सफल भएको हो।
आजको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्द क्लबले सुरूवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्द क्लबले दोस्रो सेट भने २३-२५ ले गुमायो। आर्मीले खेललाई १-१ सेटको बराबरीमा पुर्यायो।
तेस्रो सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्यो। जहाँ २७-२५ ले जित्दै मणिमुकुन्द क्लबले २-१ को अग्रता बनायो। यसपछि खेल जित्ने संभावनालाई जिवितै राख्न आर्मीलाई चौथो सेट जित्नुको विकल्प थिएन। सोही अनुरुप आर्मीले २५-२२ ले चौथो सेट जित्यो।
खेल २-२ सेटको रोमाञ्चक मोडमा पुग्यो। खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ आर्मीले सहजै १५-१० ले सेट आफ्नो पक्षमा पार्यो। जारी लिगमा पाँचौं सेटमा नतिजा आएको यो पहिलो खेल हो।
तेस्रो खेलमा पहिलो जित निकालेको आर्मी यसअघि टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो।
यसअघि आजै भएको महिलातर्फको खेलमा न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित हात पारिसकेका छन्। तीनै टोलीको लगातार दोस्रो जित निकालेका हुन्।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]