6 months ago
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो खेल जितेको छ।
पोखरा रंगशालास्थित कभर्ड हलमा गण्डकीले आज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो।
पाकिस्तानी ३ खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले पराजित गर्यो । तीनै खेल गण्डकीको ३-० को सोझो सेटको जितेको छ । टोलीले ३ खेलबाट ६ अंक बनाएको छ।
त्यसअघि भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पार्यो। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा पुगेर ३-२ ले हराउन सफल भएको हो।
मणिमुकुन्दले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्दले दोस्रो सेट भने २३-२५ ले गुमायो। आर्मीले खेललाई १-१ को बराबरीमा पुर्यायो।
तेस्रो सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्यो। जहाँ २७-२५ ले जित्दै मणिमुकुन्द क्लबले २-१ को अग्रता बनायो। यसपछि खेल जित्ने संभावनालाई जिवितै राख्न आर्मीलाई चौथो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप आर्मीले २५-२२ ले चौथो सेट जित्यो।
खेल २-२ को रोमाञ्चक मोडमा पुग्यो। खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ आर्मीले सहजै १५-१० ले सेट आफ्नो पक्षमा पार्यो। जारी लिगमा पाँचौं सेटमा नतिजा आएको यो पहिलो पटक हो।
तेस्रो खेलमा पहिलो जित निकालेको आर्मी यसअघि टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो।
त्यसअघि आजै भएको महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पुलिसले जित हात पारेका थिए । तीनै टोलीले लगातार दोस्रो सफलता प्राप्त गरेका हुन्।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हेर्न सकिन्छ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]