7 months ago
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ।
नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराएपछि हेल्प नेपालको ९ अंक पुगेको छ।
पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२२ र २५-२१ को सेटमा माथ दियो। तीनै खेलमा हेल्प नेपाल सोझो सेटमा जित निकालेको हो ।
त्यसअघि गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। पाकिस्तानी खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले हरायो। गण्डकीको यो लगातार तेस्रो सोझो सेटको जित हो। टोलीको पनि ९ अंक छ।
त्यसअघि भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पार्यो। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा पुगेर ३-२ ले हराउन सफल भएको हो।
मणिमुकुन्दले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्दले दोस्रो सेट भने २३-२५ ले गुमायो। आर्मीले खेललाई १-१ को बराबरीमा पुर्यायो।
तेस्रो सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्यो। जहाँ २७-२५ ले जित्दै मणिमुकुन्द क्लबले २-१ को अग्रता बनायो। यसपछि खेल जित्ने संभावनालाई जिवितै राख्न आर्मीलाई चौथो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप आर्मीले २५-२२ ले चौथो सेट जित्यो।
खेल २-२ को रोमाञ्चक मोडमा पुग्यो। खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ आर्मीले सहजै १५-१० ले सेट आफ्नो पक्षमा पार्यो। जारी लिगमा पाँचौं सेटमा नतिजा आएको यो पहिलो पटक हो।
तेस्रो खेलमा पहिलो जित निकालेको आर्मी यसअघि टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो।
त्यसअघि आजै भएको महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पुलिसले जित हात पारेका थिए । तीनै टोलीले लगातार दोस्रो सफलता प्राप्त गरेका हुन्।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]