7 months ago
May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो।
पोखरा रंगशालास्थित कभर्ड हलमा शनिवार दिनको सातौं खेलमा पहिलो सेट गुमाएर पनि कोशी नतिजा आफ्नो पक्षमा पार्ने सफल भएको छ। २५-२७ ले पहिलो सेट गुमाएको कोशीले त्यसपछि २५-२०,२७-२५,२५-१७ ले खेल जितेको हो।
त्यसअघि पुरुषतर्फ टिप टप हेल्प नेपाल, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।
साविक विजेता हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो । हेल्प नेपालको ९ अंक पुगेको छ।
पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२२ र २५-२१ को सेटमा माथ दियो। तीनै खेलमा हेल्प नेपाल सोझो सेटमा जित निकालेको हो ।
त्यसअघि गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। पाकिस्तानी खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले हरायो। गण्डकीको यो लगातार तेस्रो सोझो सेटको जित हो। टोलीको पनि ९ अंक छ।
त्यसअघि भएको खेलमा आर्मीले पहिलो जित हात पार्यो। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा पुगेर ३-२ ले हराउन सफल भएको हो।
मणिमुकुन्दले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्दले दोस्रो सेट भने २३-२५ ले गुमायो। आर्मीले खेललाई १-१ को बराबरीमा पुर्यायो।
तेस्रो सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्यो। जहाँ २७-२५ ले जित्दै मणिमुकुन्द क्लबले २-१ को अग्रता बनायो। यसपछि खेल जित्ने संभावनालाई जिवितै राख्न आर्मीलाई चौथो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप आर्मीले २५-२२ ले चौथो सेट जित्यो।
खेल २-२ को रोमाञ्चक मोडमा पुग्यो। खेलको निर्णय पाँचौं सेटबाट भयो। जहाँ आर्मीले सहजै १५-१० ले सेट आफ्नो पक्षमा पार्यो। जारी लिगमा पाँचौं सेटमा नतिजा आएको यो पहिलो पटक हो।
तेस्रो खेलमा पहिलो जित निकालेको आर्मी यसअघि टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो।
त्यसअघि आजै भएको महिलातर्फको खेलमा टिप टप न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पुलिसले जित हात पारेका थिए । तीनै टोलीले लगातार दोस्रो सफलता प्राप्त गरेका हुन्।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]