default_image

7 months ago

May 25, 2025

लगातारको जितमा पुलिस शीर्षस्थानमा

713 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिग अन्तर्गत महिलातर्फ लगातार तेस्रो जित दर्ज गर्दै फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-१ ले हरायो। यो जितमा पुलिस ९ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पोखराको कभर्ड हलमा भएको खेलमा २५-१९ ले पहिलो सेट पुलिसले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो। दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन।

पुलिसले तेस्रोमा २५-१८ र चौथोमा २५-२१ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो। पराजित एपिएफसँग ६ अंक रहेको छ। तेस्रो खेलमा उसको यो पहिलो हार हो। पुलिसकी उषा भण्डारी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन्।

आजै भएको पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो। न्यु डायमण्डकी सलिना बुढामगर प्लेयर अफ दि म्याच घोषित भइन्।

लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ। न्यु डायमण्डले पुलिस जत्तिकै अंक बनाएपनि सेटको आधारमा दोस्रो स्थानमा रहेको हो। आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गते सम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.