default_image

7 months ago

May 25, 2025

गण्डकी प्रदेशलाई चौथो सफलता

903 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ‌।

गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले टिप टप हेल्प नेपालले जत्तिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ।

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा भएको खेलको पहिलो सेटमा मणिमुकुन्दले चुनौती दियो। तर गण्डकी पहिलो सेट २७-२५ ले आफ्नो पक्षमा पार्न सफल रहयो। यसपछि गण्डकीले दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-१८ ले सहजै जित्यो।

आजै हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो। लगातारको चौथो जितमा उसले १२ अंक बनाएको छ। हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अंक रहेको छ। उसले एक खेले जितेको थियो।

त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पुलिसले खेलमा एकपक्षीय दबाब बनायो। टोलीले  २५-१९, २५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। पुलिसको यो दोस्रो जित हो।

यसअघि आज  महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन्।  पुलिसले एपिएफलाई ३-१ ले हरायो। यो जितमा पुलिस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पहिलो सेट पुलिसले २५-१९ ले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो। दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन।

पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१  जित्दै खेल आफ्नो पक्षमा पार्यो। ९ अंक सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ। एपिएफसँग ६ अंक छ। तेस्रो खेलमा उसको यो पहिलो हार हो।

पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो।

लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ। न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ। आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.