default_image

7 months ago

May 26, 2025

गण्डकीको लगातार पाँचौं जित

864 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- घरेलु टोली गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार पाँचौं जित दर्ता गरेको छ। लगातारको जितमा गण्डकीले फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ।

आज पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। २५-१३, २५-२० र २५-२० को सहज जितमा गण्डकीले ३ अंक जोड्यो।

५ खेलबाट १५ अंकसहित गण्डकी शीर्षस्थानमा उक्लियो। तर एक खेल कम खेलेको हेल्प नेपालको १२ अंक छ। लगातारको पाँचौं हारमा सुदूरपश्चिम चरणबाट बाहिरिने लगभग निश्चित भएको छ। पुरुषतर्फ आज अझै ३ खेल बाँकी छ।

पुलिस र एभरेष्टको जित, आर्मी र कर्णाली बाहिरियो

आज बिहान महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन्।

रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो । यो जितमा पुलिसले २ अंक जोड्यो। ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ।

५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ। उसले ४ खेलमा मात्र १ अंक बनाएको छ। आर्मीले एक खेल पनि जित्न सकेको छैन।

सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ।
एभरेष्टले कर्णालीलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो।
न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ ।

पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.