default_image

7 months ago

May 26, 2025

आर्मीको तेस्रो जित

778 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित हात पारेको छ। आज आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो।

पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन सेट जितेर जित दर्ज गरेको हो।

पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ। कोशीको यो चौथो हार हो। उसको‌ ३ अंक रहेको छ।

यसअघि आज भएको खेलमा गण्डकी प्रदेशले लगातार पाँचौं जित दर्ज गरेको थियो। गण्डकीले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। गण्डकी २५-१३, २५-२० र २५-२० ले विजयी भएको थियो।

५ खेलबाट १५ अंकसहित गण्डकी शीर्षस्थानमा उक्लियो। एक खेल कम खेलेको हेल्प नेपालको १२ अंक रहेको छ। लगातारको पाँचौं हारमा सुदूरपश्चिम लिग चरणबाट बाहिरिने लगभग निश्चित भएको छ।

पुलिस र एभरेष्टको जित

आज बिहान साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन्।
आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।

पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो ।  यो जितमा पुलिसले २ अंक जोड्यो। ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ।
५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ। उसले ४ खेलमा मात्र १ अंक बनाएको छ। आर्मीले एक खेल पनि जित्न सकेको छैन्।

सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ। एभरेष्टले कर्णाली  प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो।

न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.