7 months ago
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ रावफिलो प्रदर्शनलाई निरन्तरता दिएको छ।
मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले विजयी यात्रालाई ५ खेल सम्म पुर्याएको छ। जितमा शीर्षस्थान उक्लिएको हेल्प नेपाल फाइनल नजिक पुगेको छ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले मणिमुकुन्दलाई २५-२२, २९-२७ र २५-२० ले हरायो। ५ खेलमा १५ अंक बनाएको हेल्प नेपाल शीर्षस्थानमा छ।
हेल्प नेपालले जत्तिकै १५ अंक जोडेको गण्डकी प्रदेश सेटको आधारमा दोस्रो स्थानमा छ। आज गण्डकी लगातार पाँचौं जित दर्ज गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। गण्डकी २५-१३, २५-२० र २५-२० ले विजयी भयो। पाँचौं हारमा सुदूरपश्चिम लिग चरणबाट बाहिरिने लगभग निश्चित छ।
आजै त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पार्यो। आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो। पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन सेट जित्यो ।
यो आर्मीको तेस्रो जित हो। पाँचौं खेलबाट तीन जित सहित आर्मीले ८ अंक बनाएको छ। कोशीको यो चौथो हार हो। उसको ३ अंक रहेको छ।
आज बिहान महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन्।
रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ।
पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ ले पराजित गर्यो ।
यो जितमा पुलिसले २ अंक जोड्यो। ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ। ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो। तर आर्मी लिग चरणबाट बाहिरिएको छ। उसले ४ खेलमा मात्र १ अंक बनाएको छ।
आर्मीले एक खेल पनि जित्न सकेको छैन। सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ।
एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो।
न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ ।
पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन्। बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।
प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]