7 months ago
May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ नवौं पिएम कप एनभिए लिगको महिलातर्फको यात्राको अन्त्य गरेको छ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३-० को जित निकाल्यो।
एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ। कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो।
पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा अहिले महिलातर्फ नेपाल एपिएफ क्लब र टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबबीचको खेल जारी छ।
महिलामा नेपाल पुलिस क्लब शीर्ष स्थान, न्यु डायमण्ड दोस्रोमा , एपिएफ तेस्रो र एभरेष्ट भलिबल क्लब चौथो स्थानमा छ। पुरुषतर्फ आज पनि ४ खेल हुनेछन्।
नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]