default_image

3 weeks ago

May 27, 2025

न्यु डायमण्ड र पुलिस फाइनलमा

906 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगेको छ ।

नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ ।

काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको पुलिस र न्यु डायमण्ड यसपटलको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

एपिएफलाई २५-१८, २५-२२ र २५-१६ ले हराउँदै न्यु डायमण्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ। दोस्रो स्थानको पुलिसको ११ अंक छ।

आज यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई‌ ३-० को जित निकाल्यो।
एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको  छ।

कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो।  महिलातर्फ भोलि पुलिस र न्यु डायमण्ड तथा एपिएफ र एभरेष्टबीच खेल तय छ। बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

June 16, 2025

बायर्नको कीर्तिमानी जित

एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०-० ले पराजित गरेको छ। क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो । भिन्सेन्ट कम्पनीको नेतृत्वमा रहेको बायर्नले पूर्ण रुपमा खेलमा नियन्त्रण बनायो। जमाल मुसियालाले ह्याट्रिक र थोमस मुलरले २ गोल गरे। क्लबबाट बिदाइको तयारी गरिरहेका मुलरका लागि […]

June 16, 2025

सूर्यपुरलाई भरतपुर २४ गोल्ड कप उपाधि

सुशील पन्त क्षेत्री,भरतपुर सूर्यपुर एफसीले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि जितेको छ । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई आइतवार ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित भएको छ । सूर्यपुरको […]

June 15, 2025

टेबल टेनिसमा स्वयम् र निर्जला झापा च्याम्पियन

हिमाल खरेल, बिर्तामोड झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् । प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव […]

Success

Thank you for your time.