7 months ago
May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ।
एपिएफले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-२ ले हरायो । एपिएफले ३१-२९,२५-२०,२५-१९,२५-१९,१५-१३ ले विजयी भएको छ।
न्यु डायमण्ड र पुलिस फाइनलमा
टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो ।
त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ । काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको पुलिस र न्यु डायमण्ड यसपटलको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।
एपिएफलाई २५-१८, २५-२२ र २५-१६ ले हराउँदै न्यु डायमण्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ।
दोस्रो स्थानको पुलिसको ११ अंक छ। आज यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३-० को जित निकाल्यो।
एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ।
कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो। महिलातर्फ भोलि पुलिस र न्यु डायमण्ड तथा एपिएफ र एभरेष्टबीच खेल तय छ।
बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।
नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]