default_image

7 months ago

May 27, 2025

एपिएफको‌ दोस्रो जित

539 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ।

एपिएफले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-२ ले हरायो । एपिएफले ३१-२९,२५-२०,२५-१९,२५-१९,१५-१३ ले विजयी भएको छ।

न्यु डायमण्ड र पुलिस फाइनलमा

टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो ।

त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ । काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको पुलिस र न्यु डायमण्ड यसपटलको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

एपिएफलाई २५-१८, २५-२२ र २५-१६ ले हराउँदै न्यु डायमण्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ।

दोस्रो स्थानको पुलिसको ११ अंक छ। आज यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई‌ ३-० को जित निकाल्यो।

एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको  छ।

कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो।  महिलातर्फ भोलि पुलिस र न्यु डायमण्ड तथा एपिएफ र एभरेष्टबीच खेल तय छ।

बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.