7 months ago
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्ड विरुद्धको मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ।
नेपालले बैंककमा दुई मैत्रिपूर्ण खेल खेल्ने छ। जेठ १६ (मे ३० मा) क्लोज डोरमा र जेठ १९ (जुन २ ) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थाइल्याण्डसँग नै ओपन डोरमा बैंककमा खेल्ने तालिका रहेको छ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले खेलाडी तथा पदाधिकारीलाई बिदाइ गरे।
बिदाइमा एन्फा अध्यक्ष नेम्वाङले नेपाली टिमले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको भन्दै उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए।
कप्तान अञ्जिला तुम्बापो सुब्बाले नेपाल भन्दा माथिल्लो वरियताको थाइल्याण्डसँगको खेलबाट नेपालले सिक्न कै लागि खेल्ने बताइन्। उनले नेपाली मिडलाइन उत्कृष्ट रहेको र फ्रन्टमा सावित्रा भण्डारीको साथ टोलीको मजुबत पक्ष रहेको प्रतिक्रिया दिइन्।
प्रशिक्षक राजेन्द्र तामाङले फोर नेशन्स भन्दा फरक रहेको डिफेन्समा बढी जोड दिएर प्रशिक्षणलाई केन्द्रीत गरेको जिकिर गरे। साथै उनले विदेशी लिग खेलिरहेका खेलाडी टिमको लागि बलियो पक्ष हुने पनि बताए।

ग्रिसमा विदेशी लिग खेलिरहेकी कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पुजा राना तीन दिन अगाडि नेपाल आइपुगेका हुन्। दुई स्ट्राइकर साम्बा र रेखा पौडेल भोलि सिधै थाइल्याण्ड पुग्नेछन्।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरुप खेल्न लागेको हो। छनोट मे ४ देखि सुरु हुनेछ। नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ।
३४ टिमहरूलाई छ वटा समूहमा चार-चार टिम र दुई वटा समूहमा पाँच-पाँच टिम गरी विभाजन गरिएको छ। छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्वेकिस्तान र भियतनाममा हुनेछन्।
आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन , कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिम भोलि थाइल्याण्ड प्रस्थान गर्नेछ।
नेपाली राष्ट्रिय महिला टोली
गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैसी, गीता राना, विमला बि.क., पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : सबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]