default_image

7 months ago

May 27, 2025

गण्डकी फाइनलमा, हेल्प नेपाल पराजित

1733 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ फाइनलमा पुगेको छ।

साविक विजेता टिप टप हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५-१८, १९-२५, १४-२५, २५-२० र १५-११ ले माथ दिन सफल रहयो।

गण्डकीको छैटौं खेलमा यो छैटौं जित हो। आज पाँचौं सेटमा जित निकालेको गण्डकीले २ अंक प्राप्त गर्यो। १७ अंक सहित गण्डकी लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

हेल्प नेपालको भने यो पहिलो हार हो। छैटौं खेलमा ५ जित र १ हारमा १६ अंक सहित दोस्रो स्थानमा तल झरेको छ।

यसअघि आज भएका खेलमा एपिएफ र मणिमुकुन्द भलिबल क्लबले जित निकालेका छन्।

महिलातर्फ न्यु डायमण्ड र पुलिस फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्। एपिएफलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले फाइनलमा स्थान पक्का गरेको हो।

न्यु डायमण्डको जितमा नेपाल पुलिस क्लबले पनि फाइनलमा प्रवेश गर्यो। न्यु डायमण्ड र पुलिस नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

आजै त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। लिग चरणबाट बाहिरिसकेका आर्मी र कर्णाली प्रदेशबीचको प्रतिस्पर्धामा आर्मी ३-० को जित निकाल्न सफल रहयो।
नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.