default_image

7 months ago

May 27, 2025

आर्मीको जित, गण्डकीसँगै हेल्प नेपाल फाइनलमा

3513 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित हासिल गरेको छ

आर्मीले नेपाल पुलिस क्लबलाई‌ ३-१ सेटले हराएपछि शीर्ष ४ टोलीको टुंगो लागेको छ। आजको अन्तिम खेलको नतिजापछि टिप टप हेल्प नेपाल फाइनलमा पुगेको छ।

गण्डकी प्रदेशले त्यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। आर्मी र नेपाल पुलिसले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने तय भएको छ।

मणिमुकुन्द भलिबल क्लब, नेपाल एपिएफ क्लब, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लिग चरणबाट बाहिरिएका छन् । सबै टोलीले लिग चरणको अन्तिम खेल भोलि खेल्नेछन्। अबको‌ नतिजाले खासै अर्थ राख्ने छैन।

आज पुलिसलाई फाइनल प्रवेशको संभावनालाई कायमै राख्न जितको विकल्प थिएन । तर आर्मीले पुलिसलाई २५-२०, २५-२२, २८-२६ र २५-१८ ले हरायो। यो जितपछि आर्मीले अंक तालिकामा चौथो स्थान पक्का गर्यो।

चौथो जितपछि आर्मीको ११ अंक पुगेको छ।‌ पुलिस १२ अंक सहित तेस्रो स्थानमा छ। शीर्षस्थानको गण्डकीसँग १७ र दोस्रो स्थानको हेल्प नेपालको १६ अंक छ।
यसअघि आज भएका खेलमा गण्डकी , एपिएफ र मणिमुकुन्दले जित निकालेका छन्।

साविक विजेता हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको थियो।

महिलातर्फ पनि न्यु डायमण्ड र पुलिस फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्। एपिएफलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले फाइनलमा स्थान पक्का गरेको हो।

न्यु डायमण्डको जितमा पुलिसले पनि फाइनलमा प्रवेश गर्यो। न्यु डायमण्ड र पुलिस नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

नेपाल एपिएफ र एभरेष्ट भएन बल क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने तय भएको छ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.